इजरायली सेनाले भन्यो- गाजामा तीन बन्धकको शव भेटियो

इजरायली सेनाले भन्यो- गाजामा तीन बन्धकको शव भेटियो

एजेन्सी : इजरायली सेनाले उत्तरी गाजाको जबलियामा सुरक्षा बलले तीन जना बन्धकको शव फेला पारेको जनाएको छ।

शव फेला परेकाहरूको परिचय शनि लुक, अमित बुस्किला र इत्जाकका रूपमा गरिएको छ।

उनीहरूलाई अक्टोबर ७ मा मारेर गाजा लगिएको इजरायली रक्षा बलले बताएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बन्धकहरूको शव गाजाको सुरुङमा फेला परेको थियो।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो। आक्रमणमा १२ सय मानिस मारिएका थिए। त्यसपछि हमास लडाकुहरूले गाजामा २५२ जनालाई बन्धक बनाएका थिए।

यसको जवाफमा इजरायली सैन्य कारबाहीमा गाजा र वेस्ट बैंकमा हालसम्म ३४ हजारभन्दा बढी मानिस मारिएका छन्।

तीनमध्ये एक जना जर्मनी नागरिक शनि लुक हुन्। गाजा सीमा नजिकै आयोजित एक सुपरनोभा संगीत महोत्सवमा भाग लिन उनी पर्यटकको रूपमा त्यहाँ पुगेका थिए।

जेठ ५, २०८१ शनिबार ०७:२४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।