अमेरिकी राष्ट्रपतिले भने- प्यालेस्टाइनीहरू पीडामा छन्, हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउँछौं

अमेरिकी राष्ट्रपतिले भने- प्यालेस्टाइनीहरू पीडामा छन्, हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउँछौं

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनीहरूले पीडा भोगिरहेको भन्दै त्यहाँ तुरुन्दै सहायता बढाउन आवश्यक रहेको बताएका छन्।

सहायताको पहिलो खेप साम्रगी समुद्री मार्गबाट ​​गाजा पुगेको अमेरिकी सेनाले पुष्टि गरेपछिबाइडेनले यस्तो बताएका हुन्।

बाइडेनले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘यो स्पष्ट छ कि प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन्। तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता छ। हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउन प्रयास गरिरहेका छौं।’

यसअघि अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप आइपुगेको पुष्टि गरेको थियो।

अमेरिकी सेनाले भनेको थियो, ‘गाजामा प्यालेस्टाइनी नागरिकहरूलाई सहयोग गर्न बहुराष्ट्रिय प्रयास जारी रहनेछ। समुद्रबाट पठाइने यो सहायता पूर्णतया मानवीय हो।’

यद्यपि, संयुक्त राष्ट्रले चेतावनी समुन्द्री मार्गभन्दा स्थलमार्गबाट लगिएको सहयोग नै प्रभावकारी हुने बताएको छ। प्रभावकारिताको हिसाबले स्थलमार्गलाई समुन्द्री मार्गले प्रतिस्थापन गर्न नसक्ने उसको भनाइ थियो।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ।

जेठ ५, २०८१ शनिबार ०८:५७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।