‘सुलभ’ फार्मेसी सञ्चालनका लागि घर भाडामा खोज्दै काठमाडौं महानगरपालिका

‘सुलभ’ फार्मेसी सञ्चालनका लागि घर भाडामा खोज्दै काठमाडौं महानगरपालिका

काठमाडौं : काठमाडौं महानगरपालिकाले विभिन्न पाँच स्थानमा ‘सुलभ’ फार्मेसी सञ्चालनमा ल्याउने भएको छ।

महानगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत, नीति, बजेट तथा कार्यक्रमअनुसार पाँच स्थानमा फार्मेसी स्थापना गर्न लागेको हो। महानगरपालिकाको स्वास्थ्य विभागले महाराजगञ्ज, वीर अस्पताल, कालीमाटी र लैनचौर क्षेत्रमा फार्मेसी खोल्न लागेको जनाएको छ।

त्यसका लागि घर भाडामा लिन महानगरपालिकाले सार्वजनिक सूचना निकालेको छ। घर भाडाका लागि आवश्यक पर्ने मापदण्ड तोक्दै महानगरले ​मासिक भाडा दरसहित १५ दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको छ।​

४ पुस, २०८०, १३:५३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।