१ बिगाह १३ कठ्ठामा लगाएको गाँजा खेती नष्ट

१ बिगाह १३ कठ्ठामा लगाएको गाँजा खेती नष्ट

काठमाडौं : बारामा प्रहरीले १ बिगाह १३ कठ्ठामा लगाएको अवैध गाँजा खेती नष्ट गरेको छ।

आइतबार दिउँसो सवा ३ बजेदेखि साँझ साढे ५ बजेसम्म इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तीन स्थानमा लगाइएको करिब १५ हजार बोट गाँजा नष्ट गरेको हो।

प्रहरीले बाराको निजगढ नगरपालिका-११ रतनपुरस्थित २ कठ्ठा, सोही वडाको बिचटोलस्थित १ कठ्ठा र वडा नम्बर १३ को डम्मरपुरस्थित १ बिगाह १० कठ्ठामा लगाइएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

न्यौपानेले गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानुन बमोजिम कारबाही हुने समेत बताए।
 

२ पुस, २०८०, ०७:२१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।