भारतमा नेपाली युवकमाथि गोली प्रहार

भारतमा नेपाली युवकमाथि गोली प्रहार

विराटनगर : नेपाल-भारत सीमा क्षेत्रमा गोली प्रहार हुँदा एक नेपाली युवक घाइते भएका छन्।

आइतबार साँझ भएको गोली प्रहारबाट विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन्।

महानगरसँग जोडिएको भारतीय भूमिमा अज्ञातले उनीमाथि गोली प्रहार गरेको थियो।

बायाँ तिघ्रामा गोली लागेका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा कक्षमा भइरहेको प्रहरीले जनाएको छ।

उपभोग्य खाद्यवस्तु किनेर सीमावर्ती भारतीय बजार जोगबनीबाट फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको संग्रौलाले बताएका छन्।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले घटनाबारे अनुसन्धान भइरहेको बताए।
 

२५ मंसिर, २०८०, १३:०७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।