बन्चरो प्रहार गरेर श्रीमतीको हत्या, श्रीमान् प्रहरी नियन्त्रणमा

बन्चरो प्रहार गरेर श्रीमतीको हत्या, श्रीमान् प्रहरी नियन्त्रणमा

सल्यान : जिल्लामा श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ परेका छन्।

४० वर्षीया श्रीमती सितला सार्कीको हत्या अभियोगमा कुमाख गाउँपालिका-३ माथिल्लो उचाल्ने बस्ने ४५ वर्षीय डम्मर सार्कीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

डम्मरले धारिलो हतियार बन्चरो प्रहार गर्दा सितलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२१ मंसिर, २०८०, ०९:४२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।