एनआरएन महाधिवेशन निर्वाचित समितिले वैधता पाएन, समापनको सबै कार्यक्रम स्थगित

एनआरएन महाधिवेशन निर्वाचित समितिले वैधता पाएन, समापनको सबै कार्यक्रम स्थगित

काठमाडौँ : अनलाइन भोटिङ विवादमा परेपछि गैर आवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन परिणामले वैधता पाउन सकेन। निर्वाचन परिणाम घोषणासँगै अनलाइन भोटिङको परिणाम विवादमा परेपछि समापन समारोहका सबै कार्यक्रम स्थगित गरियो।

बिहीबार बेलुका घोषित परिणाममा एक उम्मेदवारको शून्य भोट देखिएपछि विवाद सुरु भएको थियो। अनि अध्यक्षमा पराजित परिणाम आएका दुई उम्मेदवारले अनलाइन भोटिङ सिस्टम ह्याक गरेर नियन्त्रणमा लिई परिणाम आफू अनुकूल निकालेको दाबी गर्दै परिणाम अस्वीकार गरे।

यो विवादमा प्रहरीको साइबर क्राइम ब्यूरोसम्म पुगिसकेको छ। अवस्था बिग्रँदै गएपछि एनआरएनका अध्यक्ष कुल आचार्य, रविना थापा र कार्यकारी अध्यक्ष डा बद्री केसीले विज्ञप्ति निकालेर निर्वाचनको अन्तिम परिणाममा देखिएको प्राविधिक त्रुटीका कारण उत्पन्न परिस्थिति हेरेर शुक्रवारका लागि तोकिएको सबै कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ।

बिहीबार घोषणा भएको मत परिणामबाट डा केसी अर्को कार्यकालका लागि निर्वाचित भएका थिए।

३ कात्तिक, २०८०, २२:५२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।