एनआरएनए अध्यक्षमा दुई उम्मेदवार भएपछि कांग्रेसको समर्थन महेशलाई, एमालेबाट केसी

एनआरएनए अध्यक्षमा दुई उम्मेदवार भएपछि कांग्रेसको समर्थन महेशलाई, एमालेबाट केसी

काठमाडौँ : नेपाली काँग्रेस निकट जनसम्पर्क समितिले गैर आवासीय नेपाली सङ्घको अध्यक्षमा महेशकुमार श्रेष्ठलाई समर्थन गरेको छ। अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएकोमा काँग्रेस निकट श्रेष्ठसँगै रविना थापाले समेत उम्मेदवारी दिएकी छिन्। एमालेको तर्फबाट डा बद्री केसी र माओवादी केन्द्रका राजेन्द्रकुमार आचार्यले उम्मेदवारी दिएका छन्।

काँग्रेस नेतृत्वले थापालाई उम्मेदवारी फिर्ता लिएर श्रेष्ठलाई सघाउन आग्रह गरे पनि उनले उम्मेदवारी कायमै राखेपछि नेपाली जनसम्पर्क समितिहरूको भेलाले श्रेष्ठलाई समर्थन गर्ने निर्णय गरेको हो।

दुई सय हाराहारी उपस्थित रहेको भेलाले श्रेष्ठलाई समर्थन गर्न आव्हान समेत गरेका छन्। उता रविना पनि आफ्नो पक्षमा माहौल बनाउन सक्रिय छिन्।

१० औँ महाधिवेशनमा समेत काँग्रेसले कुल आचार्यलाई सघाउने निर्णय गरेकी थिइन्। तर रविनाले उम्मेदवारी कायमै राखिन्। पछि सहमतिका आधारमा सङ्घको नेतृत्व गर्ने भन्दै तीन जना उम्मेदवारबिच छ-छ महिनामा कार्यकाल बाँडिएको थियो।

एमालेका उम्मेदवार केसी सो समूहका एक्ला उम्मेदवार हुन्। सत्ताधारी दलमै रहेको माओवादी केन्द्र निकट आचार्य उम्मेदवार बनेका छन्। नयाँ नेतृत्वका लागि बिहीबार मतदान हुने छ। 

३० असोज, २०८०, १६:०७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।