एनआरएनको नेतृत्वका लागि चार जनाको उम्मेदवारी, ब्याक भए विनय

एनआरएनको नेतृत्वका लागि चार जनाको उम्मेदवारी, ब्याक भए विनय

काठमाडौँ : गैर आवासीय नेपाली सङ्घको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। पाँच जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि विनय अधिकारीले उम्मेदवारी दर्ता गरेनन्।

असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा नेतृत्वका लागि डा बद्री केसी, रविना थापा, महेश श्रेष्ठ र आरके शर्माले उम्मेदवारी घोषणा गरेका हुन्। नेपालको सरकारको संरचना अनुसारै सत्तापक्ष र प्रतिपक्षको उम्मेदवारको रूपमा एनआरएनमा प्रतिस्पर्धा हुने गरेको छ।

महेश, रविना र आरके सत्ताधारी दल निकट उम्मेदवारहरू हुन्। महेश र रविना नेपाली कांग्रेस निकट हुन् भने आरके एकीकृत माओवादी केन्द्र निकट हुन्। उता डा बद्री भने एमाले निकट हुन्। डा केसी रसियाका हुन् भने श्रेष्ठ जापान, रविना अमेरिका र आरके कतारका हुन्।

आजै आठ बजेदेखि १२ बजेभित्र उम्मेदवारीविरुद्ध दाबी विरोधको समय तोकिएको छ। निर्वाचनका लागि यादवप्रसाद ढुंगानाको संयोजकत्वमा निर्वाचन समिति बनाइएको छ।

२९ असोज, २०८०, २०:४९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।