‘एक भागवत र एक गीता’ हेरेपछि समिक्षकहरूसँग रिसाइन् अभिनेत्री रिमा, भन्छिन् : झरना थापाको सार्‍है माया लागेर आयो

‘एक भागवत र एक गीता’ हेरेपछि समिक्षकहरूसँग रिसाइन् अभिनेत्री रिमा, भन्छिन् : झरना थापाको सार्‍है माया लागेर आयो

काठमाडौं : अभिनेत्री रीमा विश्वकर्मा फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) हेरेपछि समिक्षकप्रति आक्रोशित बनेकी छन्। 

विश्वकर्माले यो फिल्म चलाउन व्यहोर्नु परेको झन्झट र समिक्षकले गरेको फिल्मप्रतिको समिक्षा गलत भएको भन्दै कला बुझ्न सुझाएकि छिन्। 

उनले झरना थापा जस्तो ईमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समिक्षाको नाममा पिरोलिरहे नेपाली चलचित्र व्यापार, व्यवसाय र करियरको रूपमा विकसित हुन अर्को पचास वर्ष लाग्न सक्ने उल्लेख गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘झरना थापा जस्तो ईमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समिक्षाको नाममा पिरोलिरहने हो भने नेपाली चलचित्र व्यापार, व्यवसाय र करियरको रूपमा विकसित हुन अर्को पचास वर्ष लाग्न सक्छ।’

त्यस्तै, उनले चलचित्र हेरिसकेपछि पछि आफू भित्रको कलाकारलाई कलाकार झरना थापाको सार्है माया लागेर आएको समेत बताएकी छिन्।

उनि अगाडी लेख्छिन्, ‘चलचित्र हेरे पछि म भित्रको कलाकारलाई कलाकार ‘झरना थापा’ को सार्है माया लागेर आयो। कलाकार थापाको कलाप्रतिको बुझाई, लगाव र निर्माता निर्देशकको रूपमा देखाएको ईमान्दारिता वास्तवमै प्रशंसनिय छ। यत्तिको नेपाली चलचित्र निरन्तर बन्नुपर्छ र झरना थापा जत्तिको निर्देशक, निर्माता र टिमलाई हामीले बचाउँनुपर्छ।’

फिल्म ‘एक भागवत र एक गीता’ रिलिजको समयमा केहि हिन्दुबादी संगठनहरुले नाममा आपत्ती जनाएका थिए। उनीहरुको आपत्तीमा चलचित्र विकास बोर्डले नियम नै मिचेर फिल्मलाई सेन्सर सिफारिस दिन नै रोकेको थियो।

चलचित्र विकास बोर्डको समन्वयमा निर्माता र धार्मिक संस्थाबीच नाम परिवर्तन गर्ने सर्तमा सहमति जुटेको थियो।  

असोज ७, २०८० आइतबार १६:०१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।