प्रतिष्ठित टाइम म्यागेजिनको सूचीमा मेयर बालेन

प्रतिष्ठित टाइम म्यागेजिनको सूचीमा मेयर बालेन

काठमाडौँ : प्रतिष्ठित टाइम म्यागेजिनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई उदीयमान १ सय नेताको सूचीमा राखेको छ।

यो पत्रिकाले हरेक वर्ष विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको छ।  राजनीति, कला, व्यवसाय लगायतका क्षेत्रका व्यक्तिहरूको सूचीसँगै उदाउँदै गरेका नेताहरूको सूचीमा शाह समेत छन्।

म्यागेजिनले शाहबारे छोटो परिचय समेत राखेको छ। परिचयमा सामाजिक सञ्जालको प्रयोग गरेर निराश भएका नेपाली मतदातामाझ प्रभाव विस्तार गर्दै उनी महानगरमा स्वतन्त्र उम्मेदवार बनेर मेयर बनेकोबारे उल्लेख गरिएको छ।

 

२७ भदौ, २०८०, ०१:३६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।