बझाङमा एमालेका भण्डारीको कठिन जित

बझाङमा एमालेका भण्डारीको कठिन जित

काठमाडौं : बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। उनी एमालेका जिल्ला अध्यक्ष हुन्। 

उनी नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गर्दै प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन्। भण्डारीले ११ हजार ६१२ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार ३४६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनीहरूबीचको मतान्तर २६६ छ।

मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन।

प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिक रूपमा अन्तिम मत परिणाम घोषणा गरिने बताए।

त्यहा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत पाए। 

१७ बैशाख, २०८१, १४:२९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।