डढेलोबाट २४ घण्टामा २२ जिल्लामा ३ करोडको क्षति

डढेलोबाट २४ घण्टामा २२ जिल्लामा ३ करोडको क्षति

काठमाडौं : गएको चौबीस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ।  सुदूरपश्चिमको डडेल्धुरादेखि पूर्वमा उदयपुरसम्मको क्षेत्रमा डढेलो लाग्दा ६ जना घाइते भएका छन् भने ५० घरमा क्षति पुगेको छ। ८ वटा गोठहरू पनि जलेर नष्ट भएका छन्। यी स्थानहरूमा भने आगो नियन्त्रणमा आइसकेको छ।

गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाकी उपसचिव रमा आचार्यका अनुसार यो अवधिको डढेलोबाट करिब ३ करोड बराबरको आर्थिक क्षति भएको छ।
 
६९ वटा सामुदायिक वनमा भने अहिले पनि डढेलो नियन्त्रणमा आइनसकेको आचार्यले बताइन्। 

डढेलोबाट भक्तपुर, काठमाडौं, ललितपुर, ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ, रसुवा, मकवानपुर, सिन्धुली, कास्की, गुल्मी, प्युठान, पाल्पा, अर्घाखाँची, बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, डोटी र डडेलधुराका सामुदायिक वनमा डढेलोबाट क्षति पुगेको विवरण प्राप्त भइरहेको उपसचिव आचार्यको भनाइ छ। 

१७ बैशाख, २०८१, १५:०५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।