संसद् सञ्चालनबारे प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

संसद् सञ्चालनबारे प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

काठमाडौं : संसद् सञ्चालनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव पारित गर्न सकेनन्।

सचिवालयका अनुसार भेटमा सभामुख घिमिरेले संसद्मा भएको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन्।

अब दुवै सदनको बैठक बिहीबार बोलाइएको छ। कांग्रेसले सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै सदन अवरुद्ध पार्दै आएको छ।

जेठ २, २०८१ बुधबार १०:४३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।