गृह मन्त्रालयले भन्यो- नेम्वाङको निधनको शोक मनाउन बिहीबार सार्वजनिक बिदा

गृह मन्त्रालयले भन्यो- नेम्वाङको निधनको शोक मनाउन बिहीबार सार्वजनिक बिदा

काठमाडौं : सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ।

सोमबार साँझ गृह मन्त्रालयले एक सूचना निकालेर संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक मनाउन सार्वजनिक बिदा दिन लागिएको जनाएको छ।

सोबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मानको व्यवस्था गर्ने र शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

साथै सरकारले बिहीबार सरकारी कार्यालय, विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा पनि आधा झण्डा झुकाउने निर्णय गरेको थियो।

सोही निर्णयको आधारमा गृह मन्त्रालयले परिवारसँग समन्वय गरेर बिहीबार अन्येष्टि गरिने भन्दै सो दिन सार्वजनिक बिदा दिने भन्दै सूचना निकालेको हो।

२६ भदौ, २०८०, १९:०९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।