डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

काठमाडौं : निरन्तरको अविरल बर्षाका कारण डुबानमा परेका बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका २० गायत्रीनगरस्थित सकुम्बासी बस्तीका बासिन्दाहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ।

शुक्रबार बिहान बस्ती डुवानमा परी केहि स्थानीय घर बाहिर निस्कन नकसेको भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस राँझाबाट आवश्यक उद्धार सामाग्रीसहित सशस्त्र प्रहरीको टोली खटिएको थियो।

उद्धार टोलीले सो स्थानका ४ घरपरिवारका व्यक्तिहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सार्नुका साथै घरका सरसामानहरु समेत सुरक्षित स्थानमा सारेको शसस्त्र प्रहरी नायव निरीक्षक शैलेन्द्र थापाले बताए।

८ भदौ, २०८०, १६:४८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।