प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सुनुवाइ समितिबाट अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ।

सोमबार बसेको सुनुवाइ समितिको बैठकले संसदीय सुनुवाइपछि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण २० साउनमा अनिवार्य अवकाश पाएपछि संवैधानिक परिषद्को बैठकले १८ साउनमा श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। 

संसदीय सुनुवाइ विशेष समितिबाट प्रधान्यायाधीशका लागि नाम अनुमोदन भएपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्।

४ भदौ, २०८०, १४:४४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।