सुन प्रकरण : भन्सार विभागले बनायो छानबिन समिति

सुन प्रकरण : भन्सार विभागले बनायो छानबिन समिति

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बरामद भएको सुनको घटनामा छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो। 

विभागले अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति बनाएको छ। समितिले विशेषगरी यस प्रकरणमा कर्मचारीहरूको संलग्नताबारे छानबिन गर्न लागेको हो। 

भन्सार जाँचपास भएर बाहिरिसकेपछि बरामद भएको यस सुन प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् भने उनीहरूको नाम खुलाइएको छैन। 

राजश्व अनुसन्धान विभागले अहिले सुन जोख्नका लागि बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा पठाएको छ।

सम्बन्धित समाचार

साउन ४, २०८० बिहीबार १२:०१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।