भन्सार पास भएर ट्याक्सीमा राख्दाराख्दै समातियो तस्करीको सुन, अहिलेसम्मकै ठुलो परिमाण हुने दाबी

भन्सार पास भएर ट्याक्सीमा राख्दाराख्दै समातियो तस्करीको सुन, अहिलेसम्मकै ठुलो परिमाण हुने दाबी
सांकेतिक तस्बिर

काठमाडौं : स्कुटरको पार्ट्सको रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन ल्याएर भन्सार छलेर तस्करी भएको सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले आकस्मिक छापा मारेको छ।

भन्सार कार्यालयको मिलेमतोमा ठूलो परिणामको सुन भन्सार छली गरेर तस्करीको सूचनाको आधारमा प्रहरी र विभागले संयुक्त अप्रेशन गरेको हो।

संयुक्त अप्रेसनमा दुई जना पक्राउ परेका छन्। सुनको परिणाम अझै सार्वजनिक भएको छैन। सवारीसाधनको पार्ट्सको रूपमा सुन ल्याइएकाले सुनको परिणाम अहिलेसम्म बरामद भएको भन्दा ठूलो परिणामको हुने बताइएको छ।

हालसम्म एकै पटक ८८ किलोसम्म सुन तस्करी भएको खुलेको छ। ठमेलमा सुन फेला परेको थियो। 

हालै भेपभित्र राखेर ल्याएको करिब नौ किलो सुन भन्सारका कर्मचारी मिलेर बिक्री गरेको खुलेको थियो। सो तस्करीमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनको छोरा जोडिएका थिए।

साउन ३, २०८० बुधबार २२:०६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।