सुन तस्करीमा सत्तारुढ दलका नेताहरू नै संलग्न रहेको एमाले महासचिवको आशंका

सुन तस्करीमा सत्तारुढ दलका नेताहरू नै संलग्न रहेको एमाले महासचिवको आशंका
फाइल तस्वीर

काठमाडौँः प्रमुख प्रतिपक्षी नेकपा एमाले महासचिव शंकर पोखरेलले एअरपोर्टजस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासनसमेत तस्करीमा जोडिनु गम्भीर विषय भएको बताएका छन्। 

स्कुटी अनि मोटरसाइकलमा प्रयोग हुने ब्रेकको सामानभित्र लुकाएर हिजो त्रिवि भन्सार कटाइएको ८० किलो बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। उक्त घटनाप्रति महासचिव पोखरेलले उक्त सुन तस्करीमा सत्तारुढ दलकै नेताहरूको नाम मुछिनुले स्थिति निकै गम्भीर हुने सामाजिक सञ्जालमा लेखेका छन्। 

उनले राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधिमुलक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रूपमा जानु आवश्यक रहेको लेखेका छन्। 

साउन ४, २०८० बिहीबार ०९:४१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।