बालेनले वारेस राख्ने अनुमति पाएनन्, आफैँ अदालत जानुपर्ने

बालेनले वारेस राख्ने अनुमति पाएनन्, आफैँ अदालत जानुपर्ने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको अवहेलना मुद्दामा वारेस राख्ने अनुमति पाएनन्। उनले आफ्नो मुद्दा खेप्न वारिस राख्न अदालतमा निवेदन दिएका थिए। तर सर्वोच्च अदालतले उनको माग अस्वीकार गर्यो।

आइतबार शाहले दिएको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले वारेस राख्ने उनको मा ग अस्वीकार गरेको हो। अदालतले वारेस राख्ने अनुमति नदिएपछि अब शाह आफैँ सुनुवाइमा अदालतमा उपस्थित हुनुपर्ने छ भने तारेख समेत उनले नै बुझ्नुपर्ने छ।

भारतीय सिनेमा आदिपुरुषलाई काठमाडौँ महानगरभित्रका हलमा चल्न नदिने घोषणाको विपक्षमा अदालतबाट आदेश आएपछि उनले अदालत र सरकार भारतको गुलाम भएको भन्दै प्रतिक्रिया दिँदै उनले कानुन र अदालतको आदेश नमान्ने टिप्पणी गरेका थिए।

 उनको अभिब्यक्तीविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा अदालतको अवहेलनासम्बन्धी निवेदन दिएकी थिइन्। अदालतले बालेनलाई अवहेलनामा कारबाही किन नगर्ने खुलाएर लिखित जवाफ पठाउन भने अनुसार उनले आइतबार अदालतमा लिखित जवाफ पेस गरेका थिए।

२६ असार, २०८०, १९:२३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।