तिनाउ पुलनजिकै आइतबार बिहान एक युवा मृत फेला

तिनाउ पुलनजिकै आइतबार बिहान एक युवा मृत फेला

बुटवल : बुटवलको तिनाउ पुल नजिकै आइतबार बिहान एक युवा मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन्।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।

घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए।

२४ असार, २०८०, ०८:४८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।