टप फाइभ : बुटवलवासीलाई चुरे पहिरोको त्रासदेखि मौसम विभागले निकालेको विशेष बुलेटिनसम्म

टप फाइभ : बुटवलवासीलाई चुरे पहिरोको त्रासदेखि मौसम विभागले निकालेको विशेष बुलेटिनसम्म

काठमाडौं : शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिए। हरेक महिनाको पहिलो साता सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने नियमानुसार उनले जवाफ दिएका हुन्।

जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले देशमा किसानले मलको अभाव भोग्नुनपर्ने बताए। साथै उनले विपद्को पूर्वतयारी र विपद्पछिको राहत तथा उद्धारमा सरकार तयारीमा रहेको जानकारी दिए।

प्रधानमन्त्रीको जवाफलगत्तै संसदमा मन्त्रालयगत छलफलले निरन्तरता पायो। त्यसमा पनि सांसद्हरुले पार्टीगत हिसाबले आफ्ना भनाइ राखे।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा बनेपछि केपी शर्मा ओली बर्बराउन थालेको बताए। उनले ओलीले कम्युनिष्ट सरकार ढालेर कांग्रेससँग तालमेल गर्न खोजेको आरोप लगाए।

एकीकृत समाजवादीकै अर्का नेता झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने भन्दै आफ्नै अध्यक्षलाई व्यङ्ग्य गरे।

अब लागौं उकेरा टप फाइभर्फः
उकेराले विहान बुटवलको ज्योतिनगर र लक्ष्मीनगरका स्थानीयहरूमा मनसुन सक्रिय भएसँगै चुरे पहिरोको चिन्ता थपिएको समाचार लेख्यो। दुई वर्षअघि जस्तै अहिले पनि चुरेको पहिरो खस्ने खतरा उत्तिकै छ। पहिरो झर्न ठिक्क परेको देखिएको चुरे कतिबेला आगँनमै आइपुग्छ पत्तो छैन।
पूरा समाचारः वर्षा लागेसँगै बुटवल चुरे पहिरोको पिरलोः आकाश गड्किँदा मन तर्सिन्छ स्थानीयको

दिउँसो उकेराले जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन निकालेको समाचार प्रकाशित गर्यो। विज्ञप्तिमा उसले नेपाल भित्रिएको नौ दिनपछि शुक्रबारबाट देशभर मनसुन सक्रिय भएको उल्लेख गरेको थियो।
पूरा समाचारः मौसम विभागले निकाल्यो विशेष बुलेटिन

त्यसैगरी, भक्तपुर क्यान्सर अस्पतालले १४ करोडमा आउने सिटी स्क्यान मेसिन १८ करोडको किन्ने तयारी गरेको खुलेको समाचार पनि उकेराले प्रकाशित गर्यो। मेसिन उत्पादक सिमेन्स कम्पनीको नेपाल एजेन्टसँगको मिलेमतोमा अस्पताल प्रशासनले प्राविधिक मापदण्ड लक्ड गरेर चार करोड बढी मूल्य तिरेर इष्टवेष्ट कन्सर्नको टेण्डर स्विकृति अन्तिम चरणमा पुर्याएको छ।
पूरा समाचारः स्वास्थ्यमा अर्को लुटः भक्तपुर क्यान्सर अस्पतालमा सिटी स्क्यान मेसिन खरिदमा चार करोडको खेल

उकेराले अपरान्ह कर्णाली प्रदेशमा विपद्बाट मृत्यु हुनेको संख्या वर्षैपिच्छे घटेको सुखद् समाचार छाप्यो। यद्यपि तयारीमा अझै तदारुकता अनपनाउनुपर्ने र त्यसका लागि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत रहेको विपद् व्यवस्थापन शाखाको तयारीको सम्बन्धमा समाचार लेख्यो।
पूरा समाचारः कर्णालीमा विपदमा ज्यान गुमाउनेको संख्या घट्दै, कस्तो छ यस वर्षको तयारी?

साँझपख उकेराले नियमित स्तम्भ मध्यमधारमा ट्रान्सम्यान समोन क्षेत्रीको अनुभव र संघर्षका कथा समेटेका छौँ। उकेराले हरेक शुक्रबार यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको अनुभवको बारेमा समाचार लेख्दै आएको छ।
पूरा समाचारः ट्रान्सम्यान समोनको आमाले चित्त दुखाउँदै भनिन् ( ‘मैले त छोरी जन्माएको हो तर यो कसरी यस्ती भई!’

८ असार, २०८०, २२:०३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।