मौसम विभागले निकाल्यो विशेष बुलेटिन

मौसम विभागले निकाल्यो विशेष बुलेटिन

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन निकालेको छ।

शुक्रबार दिउँसो विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटि निकाल्दै देशभर मनसुन फैलिएको जानकारी गराएको छ।

जेठ ३१ गते भित्रिएको मनसुन नेपालभर फैलिन नो दिन लागेको महाशाखाले जनाएको छ। उसका अनुसार आगामी तीन दिन देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाका साथै सोही प्रदेशहरुका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यसैगरी महाशाखाले बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहावजस्ता प्रभावहरुले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरु प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।

महाशाखाले खराब मौसमका कारण हुनसक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।

८ असार, २०८०, १४:४९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।