पूँजीगत लाभकर नै अन्तिम कर हुने अर्थमन्त्रीको आश्वासन, शेयर लगानीकर्ताको आन्दोलन फिर्ता

पूँजीगत लाभकर नै अन्तिम कर हुने अर्थमन्त्रीको आश्वासन, शेयर लगानीकर्ताको आन्दोलन फिर्ता

काठमाडौ : अब व्यक्तिले तिर्ने ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने अर्थमन्त्री प्रकाशशरण महतको आश्वासन पछि शेयर लगानीकर्ताहरूको आन्दोलन फिर्ता भएको छ।

पूँजी बजारमा लगाइएको कर नीति खारेज गर्न माग गर्दै आज लगानीकर्ताहरूले ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका थिए। हालको ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर कायम गर्नुपर्ने माग गर्दै लगानीकर्ताले शेयर कारोबार प्रभावित बनाएका थिए।

लगानीकर्ताहरूले आझ ब्रोकर कार्यालयमा ताला लगाउँदै हिंडेकाले शेयर कारोबार प्रभावित भएको थियो। ब्रोकर कार्यालयहरूमा तालाबन्दी भएपछि टीएमएस नखुलेका कारण शेयर कारोबारमा कठिनाइ भएको हो।

यसपछि शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीबीच आइतबार वार्ता भएको थियो।

वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले अब ५ प्रतिशत र साढे ७ प्रतिशत पूँजीगत लाभकरलाई नै अन्तिम कर मानिने र २९ नम्बरको बुँदा संसदीय समितिमा लगेर संसदीय प्रक्रियाबाट निष्क्रिय पार्ने आश्वासन दिएका छन्।

२१ जेठ, २०८०, १३:१९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।