टाटा कम्पनीको भ्रमणपछि प्रचण्डले भने : नेपालमा पनि धेरै सम्भावना छ, लगानी गर्नुस्

टाटा कम्पनीको भ्रमणपछि प्रचण्डले भने : नेपालमा पनि धेरै सम्भावना छ, लगानी गर्नुस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय व्यवसायीलाई नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
     
भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले टाटा कम्पनीजस्तै सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन्।

उनले भने, ‘टाटा कम्पनीजस्तै नेपालमा सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यस क्षेत्रमा काम गर्न सकिन्छ। लगानी गर्नुस्। त्यसका लागि हामी (नेपाल सरकार) सहजीकरण गर्छौँ।’

सोही क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले समेत नेपालको सूचना प्रविधिका क्षेत्रमा पर्याप्त जनशक्ति रहेकाले लगानीका लागि आग्रह गरे। ‘नेपालको ‘आइटी सेक्टर’मा पर्याप्त जनशक्ति छन्। लगानी गर्न आउनुस्। हामी स्वागतका लागि आतुर छौं,’ उनले भने।

इन्डौरको विशेष आर्थिक क्षेत्रमा रहेको टाटा कम्पनीको अवलोकनका लागि प्रधानमन्त्री, मन्त्रीहरुसहित नेपाली प्रतिनिधिमण्डल त्यस क्षेत्रमा गएको हुन्।
     
भारतको प्रसिद्ध टाटा कम्पनीले संसारका ४८ भन्दा बढी मुलुकमा काम गर्दै आएको छ। उक्त कम्पनीमा ६ लाखभन्दा बढी कर्मचारी आबद्ध छन्।

२० जेठ, २०८०, १४:३०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।