भारतको कर्नाटकमा २०२४ अप्रिलबाट आइफोन बनाउन थालिने

भारतको कर्नाटकमा २०२४ अप्रिलबाट आइफोन बनाउन थालिने

एजेन्सी : भारतको कर्नाटकमा आगामी वर्षदेखि अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोन बनाउन थाल्ने भएको छ।

कर्नाटक सरकारले यसको पुष्टि गर्दै २०२४ अप्रिददेखि कर्नाटकमा आईफोनको बनाउन सुरु गर्ने जानकारी दिएको हो।

२०१७ देखि तमिलनाडुमा पनि आइफोन बनाउने गरिरहेको कम्पनीको यो आयोजनाबाट ५० हजार रोजगारी सिर्जना हुने कर्नाटक सरकारले जनाएको छ।

गत महिनामात्र कम्पनीको भारतीय एजेन्ट फक्सकनले बेंगलुरु नजिकै १२ लाख वर्ग मिटर जमिन खरिद गरेको बताएको थियो।

कम्पनीले नयाँ प्लान्ट स्थापनाका लागि त्यहाँ ७ मिलियन डलर लगानी गर्न लागेको छ।

गत बिहीबार प्रदेश सरकारले लगानी रकम १ अर्ब ५९ करोड अमेरिकी डलर घोषणा गरेको थियो।

यससँगै फक्सकनले कर्नाटक प्लान्टमा हरेक वर्ष दुई करोड डिभाइस बनाउने लक्ष्य राखेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

१९ जेठ, २०८०, १७:३८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।