स्वास्थ्य बीमा बोर्डलाई टीकापुर अस्पतालको पत्र– ‘रकम निकासा नभए बीमा सेवा दिन सक्दैनौं’

स्वास्थ्य बीमा बोर्डलाई टीकापुर अस्पतालको पत्र– ‘रकम निकासा नभए बीमा सेवा दिन सक्दैनौं’

काठमाडौं : कैलालीको टीकापुर अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको २ करोड ७५ लाख रुपैयाँ रकम निकासा गर्न आग्रह गरेको छ।

स्वास्थ्य बीमा बोर्डलाई पत्र लेख्दै अस्पतालले चाुल आर्थिक वर्षको माघ, फागुन र चैत महिनाको प्रमाणीत बीमा दाबी रकम २ करोड ७५ लाख ७९ हजार ४२५ रुपैयाँ भुक्तानीको लागि आग्रह गरेको हो।

अस्पतालले ल्याब रिएजेन्ट, फार्मेसी औषधि लगायत अन्य विभिन्न आर्थिक दायित्वहरु अधिक बाँकी रहेको भन्दै यसै आर्थिक वर्षभित्र भुक्तानी गर्न अनुरोध गरेको छ।

साथै भुक्तानी नभएर स्वास्थ्य बीमा सेवाहरुको निरन्तरतामा कठिनाइ पर्नुका साथै अनिश्चितकालका लागि सेवा स्थगित गर्नुपर्नेसमेत जनाएको छ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट एवं वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रेम कुमार राईले पत्रको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, डोटीस्थित स्वास्थ्य निर्देशनालय र धनगढस्थित स्वास्थ्य बीमा बोर्डको प्रदेश शाखा कार्यालयलाई गराइएको छ।

१९ जेठ, २०८०, १५:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।