मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारको जिम्मेवारीमा डा. दीपेन्द्र

मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारको जिम्मेवारीमा डा. दीपेन्द्र

काठमाडौं : स्वास्थ्य मन्त्री निशा मेहताले नेपाल मेडिकल काउन्सिलमा निमित्त रजिष्ट्रारको जिम्मेवारी काउन्सिलकै निर्वाचित सदस्य डा. दीपेन्द्र पाण्डेलाई दिएकी छन्।

काउन्सिलकै सिफारिसमा मन्त्री मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई अर्को व्यवस्था नभएसम्मका लागि दैनिक कामकाज गर्नेगरी काउन्सिलको निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएकी हुन्।

उनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन्।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवलाई बालेन सरकारले पदमुक्त गरेपछि रिक्त रजिष्ट्रारको स्थानमा डा. पाण्डेलाई कामकाजको लागि जिम्मेवारी दिइएको हो।

वैशाख ३०, २०८३ बुधबार ११:४३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।