महोत्तरी शाखा लुटिएको विषयमा बोल्यो एनएमबि बैंक

महोत्तरी शाखा लुटिएको विषयमा बोल्यो एनएमबि बैंक

काठमाडौं : महोत्तरी शाखा कार्यालय लुटिएको बारे एनएमबि बैंकले आधिकरिक धारणा सार्वजनिक गरेको छ।

बैंकले एक प्रेस वक्तव्य सञ्चारमाध्यमलाई पठाएर महोत्तरीस्थित नेपाल–भारत सिमाना नजिक रहेको महोत्तरी गाउँपालिका स्थित शाखा कार्यालयमा जेठ १६ गते ४ जनाको समूहमा रहेको बन्दुकधारी समूहले लुटेको बताएको हो।

उक्त घटनामा संलग्न व्यक्तिहरूलाई आवश्यक कानूनी कारबाहीका लागि हाल बैंकद्धारा सम्बन्धित निकायमा अनुरोध भइसकेको र अनुसन्धान भइरहेको बैंकले जनाएको छ।

घटनामा कसैलाई पनि कुनै गम्भीर चोटपटक नलागेको भन्दै बैंकले अनुसन्धानपछि प्राप्त हुने थप विवरण जानकारी गराइनलेसमेत उल्लेख गरेको छ।

१८ जेठ, २०८०, १६:०७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।