काठमाडौँबाट कोहलपुर जाँदै गरेको बसले कारलाई ठक्कर दिँदा २ जनाको मृत्यु

काठमाडौँबाट कोहलपुर जाँदै गरेको बसले कारलाई ठक्कर दिँदा २ जनाको मृत्यु

बाँकेः बाँकेको राप्तीसोनारी गाउँपालिका-८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ। 

धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नंको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ। 

दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका-५ बस्ने  करिब ५४ वर्षीया डा. सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको बताइएको छ। 

जेठ १६, २०८० मंगलबार २०:५४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।