प्रधानमन्त्रीद्वारा प्रतिनिधि सभालाई भारत भ्रमणको जानकारी

प्रधानमन्त्रीद्वारा प्रतिनिधि सभालाई भारत भ्रमणको जानकारी

काठमाडौं :  बुधबारबाट हुन लागेको भारत भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

प्रतिनिधिसभामा समय लिएर उनले भ्रमणबारे जानकारी दिएका हुन्। भ्रमणमा उर्जा, सिंचाई, डुबान नियन्त्रण, हवाई, एकीकृत जाँच चौकी लगायत पूर्वाधार निर्माणमा जोड दिइने उनले बताए।

चार दिने भ्रमणमा नेपालका जलविद्युत निर्यातका लागि आधार सुरक्षित गर्नेबारे छलफल हुने, नयाँ पारवहन सम्झौता हुने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट हुने पनि जानकारी दिए।

चार दिने भ्रमणमा उनी मध्यप्रदेश इन्दोरमा फोहोरमैला व्यवस्थापनबारे अवलोकन गर्नेछन्। उनले उज्जैन पनि जाने बैठकलाई बताए।

१५ जेठ, २०८०, २०:०९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।