टेकु अस्पताललाई तीन सय शय्याको अस्पताल बनाइने, ४६ करोड विनियोजन

टेकु अस्पताललाई तीन सय शय्याको अस्पताल बनाइने, ४६ करोड विनियोजन

काठमाडौं : सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।

यस्तै, पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आउने वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइनेसमेत उनले बताए।

सरुवा रोग अस्पताल निर्माण र विस्तारका लागि उनले ४६ करोड विनियोजन गरेका छन्।

१५ जेठ, २०८०, १८:४१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।