जलनको उपचार र रोकथाममा लाग्न मन्त्री बस्नेतको निर्देशन

जलनको उपचार र रोकथाममा लाग्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा जलन उपचार व्यवस्थापनमा संलग्न उपत्यकाका ६ वटा अस्पताल प्रमुख र विज्ञहरूसँग आइतबार मन्त्रालयमा छलफल गरेका छन्।

छलफलमा जलन उपचार व्यवस्थापनमा संलग्न वीर अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, किर्तिपुर बर्न अस्पताल र सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रमुख र विज्ञहरूले जलन उपचारको वर्तमान अस्वस्था, चुनौती र अबको बाटोका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोसन पोखरेलले जलनको उपचार एवं विशेषज्ञ जनशक्ति व्यवस्थापनमा सहजीकरण गर्ने गरि टेलिमेडिसिन सेवामार्फत एकीकृत जलन उपचार व्यवस्थापन गर्न सबै मिलेर काम गर्नु पर्ने बताए।

मन्त्री बस्नेतले विज्ञहरूबाट प्राप्त सुझाव कार्यान्वयनमा नेतृत्वदायी र सकारात्मक भूमिका खेल्ने बताए। उनले मन्त्रालयले सकेसम्म जलन उपचार व्यवस्थापनमा सहजिकरण गर्ने आश्वासन दिँदै थौरै समयमा धेरै नतिजा निकाल्ने गरि जलनको उपचार र रोकथाममा काम गर्न सबै अस्पताल र विज्ञहरुलाई निर्देशन दिए।

१४ जेठ, २०८०, २२:४७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।