पाँच हजारभन्दा बढिले लगाए कोरोनाविरुद्धको खोप

पाँच हजारभन्दा बढिले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं : पछिल्लो २४ घण्टाम पाँच हजारभन्दा बढिले कोरोनाविरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार एक दिनमा ५ हजार ६७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

यस अवधिमा १४ जना कोरोना संक्रमित थपिँदा ४ जना संक्रमणमुक्त भएका छन्। देशभर कोरोनाका ३३ सक्रिय संक्रमित छन्।

नेपालमा हालसम्म ११ लाख ५७ हजार ३४७ जना कोरोना संक्रमित भएका छन्।

१४ जेठ, २०८०, १६:३२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।