डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगुको संक्रमणबाट जोगिन आग्रह गरेको छ।

पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले मन्त्रालयले डेंगु संक्रमणबाट जोगिन आग्रह गरेको हो।

मन्त्रालयले एक सूचना जारी गर्दै डेंगुको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ। 

 नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेंगुको संक्रमण देखिँदै आएको छ।  

१३ जेठ, २०८०, १८:५६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।