नेपालगन्जका अस्पतालमा रगतको अभाव​​​​​​​

नेपालगन्जका अस्पतालमा रगतको अभाव​​​​​​​

नेपालगन्ज : बिरामीको चाप बढेसँगै नेपालगन्जका अस्पतालमा रगतको अभाव भएको छ।

नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक अनपेक्षित रुपमा रगत आवश्यकता पर्न थालेपछि अस्पतालमा रगतको अभाव भएको हो।

क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले नेपालगन्जमा पछिल्लो समयमा रगतको अभाव भएको बताए।

‘पछिल्लो समयमा नेपालगन्जका अस्पतालमा बिरामीको चाप बढेको देखिन्छ, जसले गर्दा अस्पतालका बिरामीलाई दैनिक रुपमा चाहिने रगत उपलब्ध गराउन हामीलाई निकै कठिनाइ भइरहेको छ,’ उनले भने।

नेपालगञ्जमा अचेल रक्तदानसम्बन्धी कार्यक्रम कम मात्रामा हुने गरेकाले पनि रगत अभाव हुन थालेको रेग्मीको भनाइ छ।

१३ जेठ, २०८०, १४:१६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।