काठमाडौंको तापक्रम नेपालगञ्ज र धनगढीको भन्दा पनि बढि

काठमाडौंको तापक्रम नेपालगञ्ज र धनगढीको भन्दा पनि बढि

काठमाडौं : काठमाडौंको तापक्रम नेपालगञ्ज र धनगढीको भन्दा पनि बढि भएको छ।

शुक्रबार दिउँसो काठमाडौंको तापक्रम नेपालगञ्ज र धनगढीको भन्दा बढि भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जनकपुर र काठमाडौंको तापक्रम दिउँसो एउटै विन्दुमा पुगेको थियो।

महाशाखाले साँझ पौने ६ बजे सार्वजनिक गरेको विवरणअनुसार दिउँसो काठमाडौं र जनकपुरको अधिकतम तापक्रम ३४.५ डिग्री सेल्सियस पुग्यो।

त्यसपछि सिमरामा ३४.२, विराटनगरमा ३३.२, धनगढीमा ३२.६, तथा धरान, नेपालगञ्ज र विराटनगरमा समान ३१.२ डिग्री सेल्सियस तापक्रम भयो।

दिउँसो जोमसोममा सबैभन्दा १७ डिग्री सेल्सियस तापक्रम मापन भयो।

१२ जेठ, २०८०, २०:३२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।