नर्स घटनामा गिभिनाले माफी माग्दै भनिन्– ‘मबाट यस्तो किसिमको पाप नहोस्’

नर्स घटनामा गिभिनाले माफी माग्दै भनिन्– ‘मबाट यस्तो किसिमको पाप नहोस्’

काठमाडौं : सामाजिक सन्जालमा सक्रिय गिभिना मगरले नर्ससँगको विवादको घटनामा माफी मागेकी छन्।

अस्पतालमा ड्युटीमा रहेका नर्ससँगको विवादको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि नर्सहरूप्रति उनका प्रशंसकहरुले आपत्तिजनक टिप्पणी गरिरहेका छन्।

एउटा घटनालाई लिएर समग्र पेशाकर्मीकै चरित्रहत्या भएको भन्दै नर्सहरू विरोध प्रदर्शनमा उत्रिएका थिए। 

सामाजिक सञ्जालमा सक्रिय उनका प्रशंसकहरू निरन्तर स्वास्थ्यकर्मीको विपक्षमा अभद्र प्रतिक्रिया दिइरहेपछि उनले नजानेर गल्ती गर्दा नर्सहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै सार्वजनिक रूपमा माफी मागिन्।

उनले आफ्नो उद्देश्य नर्स पेसा गरिरहेकाहरूमा चोट पुर्याउने नरहेको र औषधि समयमा नदिइँदा भएको विवादलाई सामाजिक सञ्जालमा राख्नु भूल भएको स्वीकारिन्।

उनले आफ्ना प्रशंसकहरुलाई सामाजिक सञ्जलमा नर्स र स्वास्थ्यकर्मीहरूलाई नकारात्मक टिप्पणी नगरिदिन अनुरोध समेत गरिन्।

‘कसैलाई दुःख दिनु, कसैको मनमा चोट पुर्याउनु एक किसिमको पाप नै हो,’ उनले भनिन्, ‘त्यसैले मबाट यस्तो किसिमको पाप नहोस् र हजुरहरूबाट पनि यस्तो किसिमको पाप नहोस्।’

गिभिना सामाजिक सब्जालबाट पैसा उठाएर समाजसेवामा संलग्न छिन्।

११ जेठ, २०८०, १७:१९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।