हेटौंडामा जिपको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

काठमाडौं : मकवानपुरको हेटौडामा जिपको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।
हेटौंडा उपमहानरपालिका–११ नमुना चोकमा बुधबार विहान जिपको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको हो।
सिमलटारबाट हेटौंडा बजार जाँदै गरेको बागमती प्रदेश ०३ ००१ च १५९७ नम्बरको जिपले स्थानीय सुमि डिमडुङका छोरा समर लोलाई विहान साढे ७ बजे ठक्कर दिएको थियो।
उपचारको लागि हेटौंडा अस्पताल पुर्याउना साथ बालकलाई डाक्टरले मृत घोषणा गरेका थिए।
जिप सहित चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ।
३ जेठ, २०८०, १२:४०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।