विदामा बसेका न्यायाधीशको इजलासमा पर्दा सन्दीप विरुद्धको सुनुवाइ स्थगित

विदामा बसेका न्यायाधीशको इजलासमा पर्दा सन्दीप विरुद्धको सुनुवाइ स्थगित

काठमाडौं : गोलाप्रथाबाट इजलास छान्दा विदामा बसेका न्यायाधीशको इजलासमा सुनुवाइ परेपछि क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ।

काठमाडौं जिल्ला अदालतमा लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दा विचाराधीन छ।

आइतबार पेसी तोक्न गोला प्रणाली अपनाउँदा पेसी फाँट नम्बर २८ मा  मुद्दाको सुनुवाइ पर्यो। सो फाँटका न्यायाधीश विदामा छन्। लामिछानेसँगै सो फाँटमा आइतबार सुनुवाइ परेका सबै मुद्दा स्थगित भएको हो।

फ्यानको रूपमा भेट्न आएकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा लामिछाने २० लाख धरौटीमा कारागार बाहिर छन्।

यस अगाडिको सुनुवाइमा बहस सकिए पनि फैसला नआइ सुनुवाइ रोकिएको थियो। मुद्दा हेर्दाहेर्दैमा भने राखिएन।

२४ बैशाख, २०८०, १२:२६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।