हामीमाथि गरिएको अपमान चितवनका जनताले मतमार्फत दिएः रवि लामिछाने

हामीमाथि गरिएको अपमान चितवनका जनताले मतमार्फत दिएः रवि लामिछाने

प्रतिनिधिसभा उपनिर्वाचनमा विजयी भएका रास्वपा सभापति रवि लामिछानेलेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ।

चितवन क्षेत्र नम्बर २ मा आइतबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आज आएको हो। जहाँ उनी ५४ हजार १ सय ७६ मतान्तरसहित विजयी भएका हुन्।  

लामिछानेलाई मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले मंगलबार दिउँसो प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन्।

यसैबीच लामिछानेले आफू विजयी भएपछि आफूहरूमाथि लागेको आरोपको जवाफ चितवनवासीले मतमार्फत दिएका बताएका छन्।

उनले आफूहरूमाथि अपमान भएको र त्यसको जवाफ आफूलाई मतदाताले दिएका प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘निर्वाचनको क्रममा हामीमाथि विभिन्न लाञ्छना लगाएका छन् । विभिन्न आरोप-प्रत्यारोप लगाए, अपमान गरे। सार्वजनिक अभिव्यक्ति नै सुन्न नसक्नेछन् । व्यक्तिगत तहमै उत्रिएर गालीगलौज गरेका छन् । कतिपयल जवाफ दिनुस् भन्नुहुन्थ्यो । तर, मैले भन्ने गर्थें यसको जवाफ मैले राख्नु पर्दैन चितवनवासीले राखेका छन् भनेर । आज सबैको जवाफ एकमुष्टरूपमा चितवनले स्वस्तिक छाप लगाएर दिएको छ ।

लामिछानले उपनिर्वाचनका क्रममा आफ्ना समर्थकबाट गल्ती भएको भन्दै माफी पनि मागे। उनले चितवनको विकासमा लाग्ने प्रण पनि गरेका छन्।

वैशाख १२, २०८० मंगलबार १५:२१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।