विदेशी लगानी भित्र्याउन ‘लगानी भिसा’को नीति
काठमाडौं : सरकारले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न नयाँ सुविधाको घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूलाई लक्षित गर्दै ‘नेपाल लगानी भिसा’ उपलब्ध गराउने व्यवस्था ल्याएको हो।
नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार, सरकारले तोकेको सीमाभन्दा बढी लगानी गर्ने विदेशी लगानीकर्ताहरूलाई यो विशेष भिसा सुविधा प्रदान गरिनेछ।
विदेशी लगानीकर्तालाई नेपालमा सहज र दीर्घकालीन रूपमा व्यावसायिक वातावरण निर्माण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
सरकारको यो कदमले वैदेशिक लगानीको मात्रा बढाउन, पुँजी परिचालन गर्न र नेपाललाई लगानीमैत्री गन्तव्यका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
वैशाख २८, २०८३ सोमबार १६:२८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।