रास्वपा सरकारमा नजाने, दिएको समर्थन पनि फिर्ता लिने संकेत

रास्वपा सरकारमा नजाने, दिएको समर्थन पनि फिर्ता लिने संकेत
फाइल तस्वीर

चितवन क्षेत्र नम्बर २ पुनः निर्वाचनपछि जित उन्मुख रहेका रास्वपा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन्। 

मतगणास्थलमा लामिछानेले पत्रकारसँगको कुराकानीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्।

‘हामी सरकारमा जाने अवस्था छैन, सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे सोचिरहेका छौं, पार्टीबाट निर्णय गर्छौं।’ उनले भने, ‘सरकारले ठूला भ्रष्टाचारको फाइल नखोल्ने नीतिगत निर्णय गरेपछि सरकारलाई दिएको समर्थनको औचित्य छैन।’

१२ बैशाख, २०८०, १२:११:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।