युरोपा लिगबाट समेत बाहिरियो ​​म्यानचेस्टर युनाइटेड

युरोपा लिगबाट समेत बाहिरियो ​​म्यानचेस्टर युनाइटेड

एजेन्सी : स्पेनिस क्लब सेभियासँग पराजित हुँदै म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ।

इंग्लिस क्लब युनाइटेड क्वाटरफाइनलको दोस्रो लेगमा सेभियासँग ३-० ले पराजित भयो।

पहिलो लेग २–२ गोलको बराबरीमा सकिंदा समग्रमा ५–२ ले पराजित हुँदै युनाइटेडको यात्रा युरोपा लिगबाट पनि समाप्त भयो।

गए राति भएको खेलमा घरेलु टोली सेभियाको जितमा एन न्यास्रीले दुई तथा बेडले एक गोल गरेका थिए। पहिलो हाफमा एक गोल गरेको सेभियाले दोस्रो लेगमा दुई गोल थपेको थियो।

अब सेमिफाइनलमा सेभियाको भेट इटालियान क्लब युभेन्टससँग हुनेछ।

८ बैशाख, २०८०, ०७:४९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।