एमबाप्पेले गरे कीर्तिमानी गोल, पीएसजी विजयी

एमबाप्पेले गरे कीर्तिमानी गोल, पीएसजी विजयी

एजेन्सी : फ्रान्सका स्टार फरवार्ड एमबाप्पेले फ्रेन्च लिगमा पीएसजीको लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन्।

गए राति भएको खेलमा लिग लिडर पीएसजीले १० खेलाडीमा समेटिएको लेन्सलाई ३-१ गोल अन्तरले हरायो।

दोस्रो स्थानमा रहेको लेन्ससँगको जितमा पीएसजीको लागि एमबाप्पेसँगै लियोनेल मेस्सी र भिटिन्हाले एक/एक गोल गरेका थिए।

यो खेलको एक गोलसँगै एमबाप्पे लिग वानमा पीएसजीको सर्वाधिक गोलबर्ता बनेका छन्। एमबाप्पेले १६९ खेलमा १३९ गोल गर्दा एडिन्सन काभानीको कीर्तिमानलाई तोडेका हुन्।

यो जितसँगै लिडर पीएसजीले शीर्षस्थानमा ९ अंकको अग्रता बनाएको छ। पिएसजीको ३१ खेलबाट ७२ अंक छ भने समान खेलबाट दोस्रो स्थानमा रहेको लेन्सको ६३ अंक छ।

३ बैशाख, २०८०, ०७:२८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।