इन्ज्युरी समयमा जावलाखेलको दुई गोल, मनाङ ३-० ले पराजित

इन्ज्युरी समयमा जावलाखेलको दुई गोल, मनाङ ३-० ले पराजित

काठमाडौं : मनाङ-मर्स्याङ्दी क्लबलाई ३-० गोल अन्तरले हराउँदै जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ।

आज (शनिबार) च्यासल मैदानमा भएको खेलमा इन्ज्युरी समयमा दुई गोल गर्दै जाउलाखेलले आकर्षक जित निकालेको हो।

खेलको चौथो मिनेटमा नै मासोएवीले गोल गर्दै जावलाखेलको खाता खोलेका थिए।

यसपछि भने खेलको अन्तिममा थप गरिएको इन्ज्युरी समयको सुरुवातमै फोफानाले गोल गर्दै जावलाखेलको अग्रता दुगुना पारे।

इन्ज्युरी समयको पाँचौ मिनेटमा मासोएवीले व्यक्तिगत दोस्रो गोल गर्दा जावलाखेलले ३-० को सानदार जित निकाल्यो।

यो जितसँगै ९ खेलबाट १७ अंक बनाएको जावलाखेल लिगको शीर्षस्थानमा उक्लिएको छ। समान खेलबाट १५ अंक रहेको मनाङ भने तेस्रो स्थानमा झरेको छ।

२ बैशाख, २०८०, १९:११:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।