सन्दीपको सुनुवाइमा स्वास्थ्य परीक्षण नगरेका चिकित्सकको बकपत्र खुलेपछि सक्कली चिकित्सक झिकाउन आदेश

सन्दीपको सुनुवाइमा स्वास्थ्य परीक्षण नगरेका चिकित्सकको बकपत्र खुलेपछि सक्कली चिकित्सक झिकाउन आदेश

काठमाडौँ : जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बालिका बलात्कारको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सककै बकपत्र गराउन आदेश दिएको छ।

जसले बलत्कारपिडित किशोरीको स्वास्थ्य परीक्षण गरेका थिए उनको साटो अर्कै चिकित्सकको बकपत्र गराएको खुलेपछि इजलासबाट त्यस्तो आदेश आएको हो।
आइतबार न्यायाधीश शंकरराज बरालको इजलासमा सुनुवाइ भएको थियो।

सुनुवाइकोक्रममा स्वास्थ्य परीक्षण नगरेका चिकित्सकको बकपत्र भेटिएपछि इजलासबाट ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू’ आदेश आएको हो।

लामिछाने विरुद्ध प्रशंसकसँगको भेटपछि उनलाई नगरकोट घुमाएर एयरपोर्टनिकटको एक होटेलमा लगेर बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ।

जिल्ला अदालत काठमाडौँले थुनछेकको बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उच्च अदालत पाटनले सर्तसहित लामिछानेलाई धरौटीमा छाडेको थियो।

उच्चको फैसलामा परेको पुनरावेदनमा सर्वोच्चबाट विदेश जान नपाउने सर्त हटाएर फास्टट्रयाकमा मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो।

२६ चैत, २०७९, २१:५४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।