‘कसरी उत्कृष्ट अभिभावक बन्ने?’

‘कसरी उत्कृष्ट अभिभावक बन्ने?’

काठमाडौं : स्मार्ट प्यारेन्टिङ्ग नेपालले ‘कसरी उत्कृष्ट अभिभावक बन्ने?’ भन्ने विषयमा भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार सम्पन्न कार्यक्रममा कान्ति बाल अस्पतालका क्लिनिकल साइकोलोजिस्ट रामपुकार शाहले अभिभावकहरूले भौतिक सुरक्षा र विकास मात्र नभएर बालबालिकाहरूको मानसिक,भावनात्मक, बौद्दिक सुरक्षा र विकासका क्षेत्रमा पनि ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए।

कार्यक्रममा बालबालिकाहरूको असल चरित्र निर्माण तथा सक्षमताको बारेमा चर्चा गर्नुका साथै अभिभावक शैलीको बारेमा समेत जानकारी दिइएको थियो। साइकोलोजिस्ट शाहले सहभागी अभिभावकहरूको समस्या र जिज्ञासाको सम्बोधनसमेत गरेका थिए।

बालबालिकाहरूको समष्टिगत विकासका लागि अभिभावकहरूमा अभिभावकीय सीपको विकास गरेर यसको महत्वलाई प्रवर्द्धन गर्न ‘स्मार्ट प्यारेन्टिङ्ग नेपाल’ले हरेक महिनाको दोस्रो शनिबार साँझ ६:४५ बजे अभिभावकीय ज्ञानवृद्धिसँग सम्बन्धित विभिन्न विषयमा नि:शुल्क भर्चुअल कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

१३ चैत, २०७९, १८:०३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।