तिलोत्तमा गोल्डकप : मनाङ र सुदूरपश्चिमबीच आज फाइनल भिडन्त

तिलोत्तमा गोल्डकप : मनाङ र सुदूरपश्चिमबीच आज फाइनल भिडन्त

काठमाडौं : २२ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र सुदूरपश्चिम-११ बीच भिडन्त हुँदैछ।

फाइनल खेल बुटवल देवीनगरमा रहेको एन्फा टेक्निल सेन्टरमा दिउँसो तीन बजेदेखि सुरु हुनेछ।

मनाङले सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई टाइब्रकेरमा पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो। उता सुदूरपश्चिमले भने सेमिफाइनलमा थ्री स्टारलाई १-० ले हराएको थियो।

यी दुवै टिमले हालसम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेका छैनन्।

प्रतियोगिताको उपाधि विजेता टिमले ११ लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

११ चैत, २०७९, ११:३४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।